वार्षिकोत्सवका अवसरमा माउन्ट भ्युद्वारा रक्तदान
April 5, 2022

April 5, 2022
घोराही,२८ पुस ।
विभिन्न समाजिक तथा रचनात्मक काम गर्दै वार्षिक उत्सव मनाईरहेको माउन्ट भ्यु ईङगलिश बोर्डिङ स्कुले विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा १८ मा रहेको स्कुलले आफ्नो वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ३९ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको प्रगन्नमा आयोजित कार्यक्रममा शिक्षक विद्यार्थि तथा शुभचिन्तकले गरेर ५० जनाले रक्तदान गरेको प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।आफ्नो ३९ औँ वार्षिक उत्सवको अवशरमा आयोजित तेस्रो दिनको रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक, पुर्व विद्यार्थी गरी ५० जनाले रक्तदान गर्नु भयो। रक्तदाताहरुमा तिर्थ राज चौधरी, नवराज के सि, शिशिर बस्नेत, प्रबिन चौधरी, टेकनाथ अधिकारी, शोभाराम खनाल, मेघराज भण्डारी, सदिक्षा गौतम, किरण पौडेल, सिर्जन अधिकारी, बरुण योगि, बिन्दु पुन, कुल बहादुर चौधरी, हिमाल के सि, आशा राम चौधरी, कृष्ण प्रशाद पोख्रेल, ब्रीज बोहरा, कुमानन्द शर्मा, सुशान्त आचार्य रहनु भएको छ। त्यसैगरी रमेश लम्साल, धनिराम न्यौपाने, मोहित के सि, सागर पोख्रेल, दिनेश चौधरी, गोमा पुरी, दुर्गा प्रशाद चौधरी, आभास घिमिरे, निराजन अधिकारी, अशोक चौधरी, राम बहादुर खड्का, निशा बस्नेत, रोबिन बस्नेत, दिनेश चौधरी, नबिना ओलि, नारायण आचार्य, बिर बहादुर चौधरी, बासुदेव आचार्य, रमेश घिमिरे, सफल पौडेल, आयुशा महरा, टिका राम परियार, रन्जु परियार, रचना सुनार, मनिशा पुन, दामोदर महरा, प्रताप बिस्ट, कृष्ण बिस्ट, एजेन मगर, बिजया नेपालि, दोर्ण बिस्टले पनि रक्तदान गर्नु भएको हो।
स्कूलले आफ्नो वार्षिक उत्सवको अबसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गरि यस वर्ष वार्षिक उत्सव मनाईरहेको छ । अस्ति पहिलो दिन सरसफाइ कार्यक्रमबाट तीनदिने कार्यक्रम उद्घाटन गरेको विद्यालयले वातावरण सन्तुलन कायम राख्न, सार्वजानिक स्थलहरू स्वच्छ र सफा राख्न सामाजिक सचेतनाको विकास गर्ने उद्देश्यले नवलपुर खेल मैदान र अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ सम्पन्न गरेको हो । हिजो विद्यालयमा खेलकुद र आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
रक्तदान नै जिवन दान भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लमसालले जानकारी दिनुभएको छ । विद्यालयले शुक्रवार अभिवक भेला तथा वार्षिक उत्सव समहारो कार्यक्रमको आयोजना गरेको छ ।