माउन्ट भ्युमा विज्ञान प्रदर्शनी
April 5, 2022
![](https://mountviewschool.edu.np/images/blog/noimage.jpg)
April 5, 2022
दाङ, १ पाैष । माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल घोराहीले विज्ञान प्रर्दशनी गरेको छ । विद्यालयको कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि र वातावरणसँग सम्बद्ध सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । विहान ११ बजेदेखि सुरु भएको विज्ञान प्रर्दशनीको अवलोकनका लागि आज दिनभर विभिन्न विद्यालयका विद्यार्थिहरु शिक्षक सहित माउन्ट भ्यु स्कुल प्राङ्गणमा पुगेका थिए । विज्ञान प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेका सामग्रीहरु राखी त्यसको प्रस्तुती समेत गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि शर्माले नेपालका वैज्ञानिकहरुले आविष्कार गर्दा आफूले टेकेको धर्तीलाई प्राथमिकता राखेर उपयोगिता मुलक आविष्कार गर्नुपर्ने बताउनु भयो । विज्ञानका साथै मानवीय संवेदनालाई समेटेर देशको माटोलाई उर्वर बनाउने, कृषि क्रान्तिलाई टेवा पुराउने खालका आविस्कारलाई प्रथमिकतामा राख्नु पर्ने बताउनु भयो । ज्ञान र विज्ञानको समन्वयबाट देश विकासमा लाग्न आश्यक शर्माले विज्ञानका विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रममा घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास खाशाका प्रमुख विनोद गौतम, निजी तथा आवसिय विद्यालय अर्गनाईजेशन प्यापसनका केन्द्रीय सचिव यादव गिरी, प्याब्सन घाेराहीका अध्यक्ष विरेन्द्र चन्द, प्रेस स्वतन्त्र सेनानी शुशिल गौतम, सिस्नेपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुलीले विद्यालयले व्यवहारिक शिक्षालाई महत्वका साथ हर्नु प्रशंसनीय कार्य भएको बताउनु भएको थियो ।
यस्तै विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत कृतन भण्डारी र अविरल रिजालले आविस्कार गरेको सफ्ट्वेर मार्फत् अन्तराष्ट्रिय सम्मान पाएका छन् । ताईवानमा सम्पन्न प्रतियोगितामा पठनपाठनका लागी आविस्कार गरिएको कम्प्युटर सफ्ट्वेर मार्फत् उनीहरु प्रथम भएका थिए । सफ्ट्वेर बनाउने भण्डारी र रिजाललाई विद्यालयले कसम्मान गरेको थियो ।
विद्यालय सञ्चालक समितीका अध्यक्ष लम्सालको शिक्षालाई सिपमा रुपान्तरण गर्ने उद्देश्य विद्यालयले व्यवहारिक शिक्षालाई प्रथमिकतामा राखेर विज्ञान प्रर्दशनीको आयोजना गरिएको बताउनु भयो दिनुभयो । विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले विज्ञान प्रर्दशनी गरिएको स्कुलले जनाएको छ । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तिर्थराज चौधरीले गर्नुभएको थियो ।
Source: https://kanikakhabar.com/50541/