सरसफाइ कार्यक्रम
April 5, 2022
![](https://mountviewschool.edu.np/images/blog/f9-1131281675173308.jpg)
April 5, 2022
घोराही, २६ पुस । दाङको घोराही-१८ मा रहेको माउन्ट भ्यू ईङ्लिस बाेर्डिङ स्कूलले आफ्नाे ३९ औं वार्षिक उत्सवकाे अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कूलले आज मंगलबार बिहान घोराहीको नवलपुर खेल मैदान र अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ सम्पन्न गरेकाे हो ।स्कूलले आफ्नो वार्षिक उत्सवकाे अबसरमा तीन दिवसीय कार्यक्रमकाे आयाेजना गरि आज पहिलाे दिन सरसफाइ कार्यक्रमबाट तीनदिने कार्यक्रम उद्घाटन गरेकाे विद्यालय प्रशासनले जनाएको हाे ।
स्कूलका प्रवन्धक निर्देशक अरूण कुमार शर्माका अनुसार वातावरण सन्तुलन कायम राख्न , सार्वजानिक स्थलहरू स्वच्छ र सफा राख्न सामाजिक सचेतनाकाे विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे बताउनुभयाे ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उपस्थितिमा अम्बिकेश्वरी मन्दिर र नवलपुर खेल मैदानको परिसरमा भएका फोहोरलाई बोरामा केन्द्रित गरेका थिए ।