माउन्ट भ्यु बोर्डिङको ३९ औँ वार्षिक उत्सव सम्पन्न
माउन्ट भ्यु बोर्डिङको ३९ औँ वार्षिक उत्सव सम्पन्न
April 5, 2022
घोराही, २९ पुस ।घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको माउन्ट भ्यू ईङ्लिश वोर्डिङ स्कुलको ३९ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले शिक्षा नै विकासको मुख्य आधार भएको बताउनु भएको हो। अहिलेको प्रतिस्पर्धात्मक समयको आवश्यकता, यसको रफ्तार र गतिशीलतासँगै अघि बढ्न सक्ने किसिमको जनशक्ति निर्माण गर्न शैक्षिक सिकाई बिना सम्भव नहुने बताउनु भएको हो। माउन्ट भ्यू स्कुलले पनि समयसापेक्ष तथा प्रयोगात्मक शिक्षालाई जोड दिँदै अघि बढेको भन्दै आफूलाई आफै सँग प्रतिष्पर्धी बनाएर गुणस्तरिय शिक्षा दिलाउन आवश्यक रहेको बताउनु भयो । गुणस्तरिय तथा व्यवहारिक शिक्षा नै समृद्धिको आधार भएको बताउनु भयो ।
बिद्यालय संचालक समितिका सदस्य एवं पुर्व शिक्षक मस्त बहादुर श्रेष्ठ, प्लस टु तर्फका बिज्ञान संयोजक किरण पौडेल, शिक्षक शोभाराम खनाल, शिक्षक सिर्जन अधिकारी, कम्युटरको विधिबाट विज्ञान पढाउने ताइवानमा सम्पन्न कार्यक्रममा स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थीहरु किर्तन भन्डारी, अविरल रिजाललाई सम्मान गरिएको हो। कार्यक्रममा अघिल्लो वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु तथा विद्यालयले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट स्थान हाँसिल गर्नेलाई पुरस्कृत एवं सम्मान गरिएको हो। त्यसका साथै विभिन्न कविता, गित, नृत्य, नाटकहरु प्रस्तुत तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रबन्ध निर्देशक अरुण कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक धनिराम न्यौपाने र तिर्थराज चौधरीले गर्नु भएको थियो। माउन्ट भ्यूले यस वर्ष विभिन्न सामाजिक तथा रचनात्मक काम गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो। स्कूलले आफ्नो वार्षिक उत्सवको अबसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गरि पहिलो दिन नवलपुर खेल मैदान र अम्विकेश्वरी मन्दिर परिसर सरसफाई, दोस्रो दिन विद्यालयमा खेलकुद, विहिवार रक्तदान कार्यक्रम र शुक्रबार वार्षिकोत्सव समापन गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभएको हो।
रक्तदान नै जिवन दान भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लम्सालले जानकारी दिनुभएको छ । विद्यालयले शुक्रवार अभिभावक भेला तथा वार्षिक उत्सव समारोह कार्यक्रमको आयोजना गरेको छ।
Source: https://kanikakhabar.com/51091/?fbclid=IwAR1h5NyG9H4fJ3BoHeHXI-sydNIc81V2FFhLEy4ZzOHVyUX9sKybeuiDFY4