MOUNT VIEW
समय व्यवस्थापन र अध्ययन सीपबारे विद्यार्थीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न
दाङ, असोज २।
त्रिभुवननगर जेसीजको ‘Training Marathon–2026’ अन्तर्गत विद्यार्थीलाई समय व्यवस्थापन र प्रभावकारी अध्ययन सीपबारे प्रशिक्षण दिइएको छ।
त्रिभुवननगर जेसीजका शाखा अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षता तथा तालिम प्रशिक्षक निशान्त आचार्यको प्रमुख आतिथ्यतामा शुक्रबार घोराहीस्थित Mount View English Boarding School मा ‘Time Management and Study Skills’ विषयक प्रशिक्षण सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका +२ संयोजक धनिराम न्यौपाने तथा दाङ महिला जेसीजकी अध्यक्ष अर्चना शर्मा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
तालिम प्रशिक्षक निशान्त आचार्यले विद्यार्थीलाई समयको महत्त्व, प्रभावकारी समय व्यवस्थापन, अध्ययन तालिका निर्माण, प्राथमिकता निर्धारण, नियमित पुनरावृत्ति तथा अध्ययनमा एकाग्रता कायम गर्ने उपायबारे जानकारी दिनु भएको थियो।
कार्यक्रम संयोजक जेसी सुदन पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने आस्था पाठ त्रिभुवननगर जेसीजका सचिव रनबहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।
‘Training Marathon–2026’ ले विद्यार्थी तथा युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र जीवनोपयोगी सीप अभिवृद्धिमा योगदान पुर्याउने अध्यक्ष भाटले बताउनुभयो।
अभियानअन्तर्गत सातौँ कार्यक्रम असोज ३ गते शनिबार घोराहीस्थित जेसीज सचिवालयमा ‘Pre-Induction Training’ का रूपमा आयोजना गरिने आयोजकले जनाएको छ